काठमाडौं- वीर अस्पतालका एक कर्मचारीमा कोरोना भाइरस भेटिएको छ। टिकट काउन्टरमा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएको अस्पतालले जनाएको छ।
उनीसँगै काउन्टरमा रहेका अन्य ५ जना कर्मचारीको पिसिआर गर्ने तयारी भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए।
यो सँगै वीर अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या आठ पुगेको छ। यसअघि आइतबार एक कर्मचारी पनि कोरोना पुष्टि भएको थियो।
कर्मचारीहरु नै संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न अप्ठ्यारो भएको निर्देशक सेन्चुरीले बताए। हालसम्म वीर अस्पतालको सबै सेवा सुचारु छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।