काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालय मातहतको उद्योग विभागले एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।
कोभिड-१९ प्रभावका कारण सिर्जित उच्च जोखिमलाई मध्यनजर गरी भदौ १ बाट एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको विभागले जानकारी गराएको हो।
कोरोना भाइरसको संक्रमण बढेको भन्दै धेरै सरकारी कार्यालयले सेवा प्रवाहमा कटौती गर्दै आएका छन्। भदौ ७ पछि भने सेवा संचालनमा ल्याइने महानिर्देशक जीवलाल भुसालद्वारा जारी सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।