• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बढ्दै छ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, थलिँदैछन् अस्पताल

शैली परिवर्तन नगरे अवस्था झन् भयावह हुन्छ : विज्ञ
कमला गुरुङ आइतबार, साउन ३२, २०७७  २१:०७
1140x725

काठमाडौं- गत बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक सेवा विभागमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो।  ४ नर्सिङ स्टाफ र दुई चिकित्सकसहित ६ जनामा कोरोना देखिएपछि अस्पतालको आकस्मिक विभागको सेवा बन्द छ। आकस्मिक विभाग नै बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन्। 

सोमबार बिहानदेखि आकस्मिक विभागको सेवा सुरु गर्ने तयारी भएको अस्पतालका कार्यकारी निर्देशक डा. रोहित पोखरेलले बताए। यसअघि आइतबार साँझबाटै सेवा सुरु गर्ने अस्पतालको तयारी थियो। ‘आज बेलुकी देखि सेवा सुरु गर्ने तयारी थियो। तर जनशक्तिको कमी र सरसफाई बाँकी भएकाले आइतबार संभव भएन। सोमबारदेखि सञ्चालन गछौं,’ डा पोखरेलले भने। 

त्रिवि शिक्षण अस्पतालमा हालसम्म ३६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भइसकेको छ। दुई डाक्टरसहित ३६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले बताए। 

यसरी स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएर स्वास्थ्य सेवा प्रभावित भएको शिक्षण अस्पतालमा मात्र होइन। थुप्रै अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भएकाले सेवा प्रभावित भइरहेको छ। काम गर्ने शैली र व्यवस्थापन चुस्त नबनाए भयावह अवस्था आउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। 

सेवा प्रभावित भएका स्वास्थ्य संस्था
करिब सात महिनाको अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या करिब २७ हजार नजिक पुगेको छ। जसमध्ये ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० भन्दा बढी स्वास्थ्य संस्थाका ३ सय ६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। 

पछिल्लो केही दिनयता दैनिक रूपमा कुनै न कुनै अस्पतालका स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन्। बिरामीको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि स्वास्थ्य सेवा प्रवाहमा असर पुगेको छ। 

भरतपुर अस्पताल, चितवन
भरतपुर अस्पतालमा आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि तीन दिनसम्म आकस्मिक सेवा बन्द भयो। साउन २९ गते साँझ ८ बजेदेखि बन्द भएको आकस्मिक सेवा साउन ३१ गते साँझबाट मात्र सञ्चालनमा आएको थियो। अस्पतालमा हाल कुनै पनि सेवा बन्द छैन।
आइतबार मात्र भरतपुरमा अस्पतालका थप ७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भयो। अस्पतालका अनुसार मेडिकल सुपरिटेन्डेन्ड सहित ५ चिकित्सक र २ जना नर्सिङ स्टाफमा कोरोना संक्रमण भएको छ। सोमबारदेखि अस्पतालको सेवा सुरक्षित रुपले सञ्चालन गर्ने विषयमा छलफल भइरहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। 

नारायणी अस्पताल वीरगञ्ज
कोरोनाको हटस्पट बनेको पर्सामा पनि स्वास्थ्य सेवा प्रभावित भएको छ। नारायणी अस्पताल वीरगञ्जका ७० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि इमजरेन्सी, आइसियू र आइसोलेसनबाहेक अन्य सेवा बन्द भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा सञ्चालन गर्न समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। उनका अनुसार नारायणी अस्पतालमा अन्य सेवा बन्द भएको तीन साता भएको छ। 

बिपी कोइराला मेमोरियल अस्पताल
स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुने स्वास्थ्य संस्थाको सूचीमा चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि परेको छ। शनिबार थप पाँच जना नर्समा कोरोना देखिएपछि अस्पतालले सूचना नै जारी गरेर सेवा बन्द गर्नु परेको बताएको छ। त्यहाँ आकस्मिक बाहेकका सेवा बन्द छन्। 

अस्पतालमा हालसम्म १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसमध्ये ७ जना नर्स र ३ जना कार्यालय सहयोगी रहेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बताए। अस्पताललाई निर्मलीकरण र स्वास्थ्यकर्मीको स्क्रिनिङ गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको उनले बताए। 

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुनुमा केही कर्मचारी भने प्रशासनको व्यवस्थापकीय कमजोरी मान्छन्। अस्पतालले सतर्कता र सावधानी नपआउँदा नै स्वास्थ्यकर्मी सुरक्षित नभएको उनको भनाइ छ।  उनले भने, ‘अस्पतालको व्यवस्थापन राम्रो छैन। कुनै सिस्टम छैन। प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण नै स्वास्थ्यकर्मी संक्रमित भए।’ 

धुलिखेल अस्पताल
धुलिखेल अस्पतालमा गत बिहीबार एक जना नर्समा कोरोना संक्रमण भएको भेटियो। त्यसपछि बिहिबारदेखि नै अस्पतालको ओपिडी सेवा तीन दिनसम्म बन्द पर्‍यो।  तीनसम्म बन्द गरेको ओपिडी सेवा आइतबारदेखि सुरु भएको अस्पतालका सूचना अधिकारी डा सुमन ताम्राकारले बताए। उनका अनुसार हालसम्म धुलिखेल अस्पतालमा एक जना स्वास्थ्यकर्मीमा मात्र कोरोना देखिएको हो। 

वीर अस्पताल
वीर अस्पतालमा हालसम्म ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यहाँ सबै सेवा निरन्तर रहेको अस्पतालले जनाएको छ। बिहीबार वीर अस्पतालको आकस्मिक विभागमा कार्यरत एक नर्समा कोरोना पुष्टि भएको थियो। उनलाई अस्पतालबाट कोरोना संक्रमण नभएकाले सेवा बन्द गरिएन। उनलाई श्रीमानबाट कोरोना सरेको हुन सक्ने अस्पतालले जनाएको थियो। 

सेवा दिने प्रणाली परिवर्तन गर्नुपर्छ : विज्ञ
स्वास्थ्यकर्मी संक्रमित हुँदै गए अवस्था भयावह हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। कोरोना महामारीपछि अस्पतालले दिने सेवा र प्रक्रिया व्यवस्थित र परिवर्तन नहुँदा स्वास्थ्यकर्मी संक्रमित हुँदै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व निर्देशक डा बाबुराम मरासिनी बताए। 

‘चैत १० गतेभन्दा अघिको काम गर्ने तरिका र प्रक्रिया अहिले पनि उस्तै छ। परिवर्तन गर्न सकेका छैनौं। लकडाउन अघिकै प्रणालीमा रहेर सेवा सञ्चालन गर्ने हो भने जोखिम सधैं रहन्छ,’ उनले भने। उनका अनुसार कोरोना महामारी र लकडाउनपछि अस्पतालले दिने सेवामा परिवर्तन हुनुपर्ने थियो, तर त्यसो हुन सकेको छैन। 

'स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको सेवा कसरी व्यवस्थित हुन्छ? सेवा बन्द भएका ठाउँमा कि त स्वास्थ्य मन्त्रालयले खटाउन सक्नुपर्‍यो,' उनले भने। 

तीन तहका सरकारबीच समन्वय नहुँदा पनि समस्या भएको उनको बुझाइ छ। नारायणी अस्पतालको सेवा बन्द हुनुलाई पनि उनी यसैको परिणाम मान्छन्। नारायणी अस्पतालमा सेवा प्रभावित हुन नदिन संघीय वा प्रादेशिक सरकारले स्वास्थ्यकर्मी खटाउनुपर्ने उनी बताउँछन्। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा हुने भीड व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए। उनका अनुसार पहिले नै अस्पतालहरू व्यवस्थापन प्रक्रियामा जानुपर्ने थियो। 

‘बाहिरी मुलुकका कतिपय अस्पतालमा तपाईं सिधै गएर जचाउन पाउनु हुन्न। पहिले अपोइन्मेन्ट लिएर मात्र जानुपर्छ। यहाँ पनि पहिले नै अपोइन्मेन्ट सिस्टम बनाउनुपर्छ। तब मात्र बिरामीको भीड कम गर्न सकिन्छ,’ उनले भने। 

अस्पतालले समय र भीड व्यवस्थापनमा जोड दिनुपर्ने उनले बताए। अस्पतालले बिरामीको उपचारका लागि निश्चित कोटा र संख्या निर्धारण गर्नुपर्ने उनको भनाइ छ। अब पनि सरकारले यस तर्फ ध्यान नदिए स्वास्थ्य संस्था सबैमा संक्रमण हुने जोखिम अत्यधिक रहेको उनी बताउँछन्। 

सरकार प्राविधिक कुरामा मात्र केन्द्रित भएको तर व्यवस्थापनमा ध्यान नदिँदा संक्रमण फैलिदै गएको उनको भनाइ छ। सेवा व्यवस्थापन नभएसम्म स्वास्थ्यकर्मी सुरक्षित नहुने र महामारी नियन्त्रण गर्न नसकिने उनी बताउँछन्। 

सरकारले टेली मेडिसिनलाई पनि प्राथमिकता दिनुपर्नेमा उनको जोड छ। उनका अुनसार टेलीमेडिसिनलाई प्राथमिकता दिनसके अधिकांश बिरामीले चिकित्सकलाई विभिन्न प्रविधिबाटै सम्पर्क गर्न सक्छन्।

अस्पतालमा अचानक रुपमा सेवा नरोकिने ग्यारेन्टी हुनुपर्ने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा भगवान् कोइराला बताउँछन्। ननकोभिड सेवा दिने अस्पतालमा पनि कोभिडकै जस्तो आवश्यक न्यूनतम सुरक्षा उपलब्ध गराए सेवा सहज रुपले सञ्चालन हुने उनले बताए। ‘अचानक नै अस्पतालभित्र आएर कोभिड पोजेटिभ देखिए सबै जना क्वारेन्टाइन, आइसोलेसन जानुपर्छ। ननकोभिड सेवा दिने अस्पतालमा पनि कोभिडकै जस्तो आवयश्क न्यूनतम सुरक्षा उपलब्ध गराइयो भने ननकोभिड सेवा सजिलोसँग सुचारु हुन्छ,’ उनले भने।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते
सुनको मूल्य सामान्य घट्यो
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्