काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना भाइरसको संक्रमण थप फैलँदै गएको भन्दै १३ प्रकारका सेवा तथा व्यवसाय बन्द गर्न अनुरोध गरेको छ। भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्म सेवा तथा व्यवसाय बन्द गर्न नगरपालिकाले आग्रह गरेको हो।
नगरको आग्रह बेवास्ता गरेमा कारबाही गरिने समेत स्पष्ट पारिएको छ।
कपाल काट्ने शैलुन र ब्युटि पार्लर, चिया पसल, फेन्सी स्टोर तथा कपडा पसल, मोबाईल पसल, मदिरा पसल लगायतका व्यवसाय बन्द गर्न आग्रह गरिएको हो।
नगरमा लकडाउन खुले (साउन ७)पछि ४६ जनामा कोरोना संक्रमण भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै साउन ७ पछि मात्र नगरमा कोरोना संक्रमित हुनेको संख्या ४६ जना पुगेको जानकारी गराएको हो। साउन ७ अघि नगरमा १० जना मात्र थिए।
योसँगै कागेश्वरी मनोहरामा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५६ पुगेको छ।

नगरले बन्द गर्न आग्र गरेका सेवा
-
- रेष्टुरेन्ट (प्यकिड्ग मात्र होम डेलिभरी)
- मेकअपका सामान बेच्ने पसल
- बुटिक पसल
- ड्राईभिड्ग सेन्टर
- ट्युसन सेन्टर
- ठेलागाडा र फुटपाथका पसल
- सुन पसल
- कबाड़ी संकलन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।