• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भेरी अस्पताल :  कसरी हुँदैछ कोरोना र सामान्य बिरामीको एउटै अस्पतालमा उपचार ?

64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०७७  १७:५५
1140x725

काठमाडौं-बाँकेको भेरी अस्पतालले प्रदेश सरकारको सहयोगमा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिडका बिरामी व्यवस्थापन गरिरहेकोमा अब आफैंले कोभिड अस्पताल बनाउने तयारी गरेको छ। यो लेभल २ अस्पताल हो।  

यसका लागि अस्पतालले ४० बेडको आइसोलेन  सेन्टर, ४५ बेडको शंकास्पद बिरामी राख्ने र  ५० बेडको पोजेटिभ  बिरामी राख्ने  संरचना तयार गरेको मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए। 

उक्त सेन्टरमा पाँच वटा आइसीयु र ४५ वटा जनरल बेड रहने अस्पतालकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठले बताइन्।

सुशील कोइराला क्यान्सर अस्पतालमा सञ्चालन गरिएको कोभिड अस्पताल विवादमा परेपछि भेरीले आफ्नै अस्पताल भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो। 

‘कोभिड अस्पताल उता चलाउन गार्‍हो भएकाले यतै चलाउन खोजेका छौं,’ मेसु थापाले भने, ‘प्रदेश सरकारको सहयोगमा सबै कार्य भेरीले गरेको थियो तर त्यहाँ पनि क्यान्सरका बिरामी आउने र स्थान अभाव हुने गुनासोपछि यतै सार्ने तयारी गरिएको हो।’

सुशील कोइराला क्यान्सर अस्पतालमा ३३ जना कोरोनाका बिरामी छन्। जसमध्ये २ जना गम्भीर र एक जना लक्षण भएका बिरामी छन्। ‘२ जना फिजियसनले पालैपालो गरिरहनु भएको  छ, ६ जना  नर्स ड्युटीमा खटिनु भएको छ,’ मेट्रोन दुर्गालक्ष्मीले भनिन्, ‘दुईतिर चलाउन र जनशक्ति परिचालन गर्न समस्या भयो र दुवै अस्पतालका बीचमा केही कन्फ्युजन पनि भयो ।’
 
प्रदेश सरकारको सहयोगमा उक्त स्थानमा अस्पताल चलाएको तर क्यान्सरका बिरामी जोखिममा पर्ने गुनासो पनि आएपछि भेरीमै चलाइने मेसु थापाले बताए। 

१ जना नर्समात्र संक्रमित 
भेरी अस्पतालमा हालसम्म एकजना मात्र चिकित्सक संक्रमित छन्।  संक्रमित नर्सलाई अस्पतालबाट नभई उनकै परिवारबाट संक्रमित भएको पुष्टि भएको अस्पतालले जनाएको  छ। कोभिडको उपचारमा खटिएका नर्स तथा डाक्टरहरुसमेत संक्रमणबाट हालसम्म  सुरक्षित रहेको मेट्रोन श्रेष्ठले बताइन्। 

अस्पतालले आगामी दिनका लागि नयाँ रणनीतिका साथ उपचार गर्ने तयारी गरेको मेसु  थापाले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालले लक्षण देखिएकाहरुलाई बेडमा राख्ने र अन्यलाई सामान्य आइसोलेसनमा राख्ने, सम्भव भए होम आइसोलेसनमा राख्नेसम्मका योजना रहेको थापाले बताए।

‘भेन्टिलेटरमा राखेर उपचारै गर्नुपरे शंकास्पदलाई छुट्टै उपचार गर्छौं’, उनले भने, ‘सामान्य  र लक्षण नभएका बिरामीलाई सामान्य बेडमा चिकित्सकहरुको निगरानीमा राख्ने छौं।’ 

जोखिम कति ? 
सामान्य रोग र कोभिडको उपचार गर्ने अस्पताल एकै ठाउँमा हुँदा जोखिम धेरै हुने देखिएको छ। अस्पतालमा उपचार गर्न आउने मानिसहरु पनि डराउने गरेको अनुभव मेट्रोन श्रेष्ठको छ। ‘कोभिड विशेष  अस्पतालमा  फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी पहिलो जोखिममा छन्’  श्रेष्ठले भनिन्, ‘तर हामी डराएका छैनौं, सुरक्षित र स्वास्थ्य उपकरणको प्रयोग तथा पिपिईहरुको प्रयोग गरेर उपचार गरिरहेका छौं।’ 

अस्पतालले यी सबै सवाललाई ख्याल गरेर सामान्य उपचार गर्ने र कोभिड उपचार गर्ने अलग अस्पताल बनाएको उनले बताइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘दुवै अस्पतालका चिकित्सक र नर्सको टिम पनि अलग–अलग छ,’ उनले भनिन्,  ‘एउटा अस्पतालका बिरामी अर्कोमा जान मिल्दैन।’  आवतजावत गर्ने बाटो पनि फरक–फरक बनाइएको उनले बताइन्। 

 मानिसहरु  उपचारका लागि आउन डराउन थालेको तर अस्पतालले उनीहरुलाई मनोपरामर्शमार्फत्  अस्पतालका बारेमा बुझाइरहेको उनले बताइन्। ‘हिजो सबै शंकास्पद बिरामी भएकाले जोखिम धेरै थियो,’ उनले भनिन्,  ‘उक्त जोखिम त अहिले पनि छ,  तर अब सबै सचेत भएकाले फरक परेको छ।’ 

कोभिड अस्पतालभन्दा ननकोभिड अस्पतालका स्वास्थ्यकर्मीलाई जोखिम धेरै देखिएको  उनले बताइन्। ‘हामीले पिपिईदेखि कसरी सुरक्षित हुनेसम्मको  तालिम  दिएका छौं,’ उनले भनिन्,  ‘यसले झन सहज भएको छ। कोभिडसँग डराएर हैन अभ्यस्त भएर काम गर्नुपर्ने भएको  छ।’

कोभिड छ भनेर कसरी सचेत भएर काम गर्न सकिन्छ भनेर आफूहरुले काम गरिरहेको उनले बताइन्। 

कसरी मिलाउँदै छ उपचारको तालिका?
अस्पतालमा उपचारका लागि आउने बिरामीको उपचारदेखि कोभिडका बिरामीलाई व्यवस्थापनसम्मका लागि अस्पतालले दैनिक तालिका बनाएको मेसु थापाले बताए। 

‘अहिलको  अवस्थामा स्वास्थ्यकर्मीलाई देखिएको छैन तर कुनै पनि समयमा देखिनसक्छ,’ मेसु थापाले भने,  ‘यही कुरालाई ख्याल गर्दै ड्युटीको सिफ्ट मिलाउनेदेखि पिपिआई अनिवार्य गर्ने काम गरिएको छ।’ ननकोभिड  र कोभिडका बिरामी हेर्ने फरक जनशक्तिको व्यवस्था गरिने उनले बताए। 
 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्