• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भेरी अस्पताल :  कसरी हुँदैछ कोरोना र सामान्य बिरामीको एउटै अस्पतालमा उपचार ?

64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०७७  १७:५५
1140x725

काठमाडौं-बाँकेको भेरी अस्पतालले प्रदेश सरकारको सहयोगमा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिडका बिरामी व्यवस्थापन गरिरहेकोमा अब आफैंले कोभिड अस्पताल बनाउने तयारी गरेको छ। यो लेभल २ अस्पताल हो।  

यसका लागि अस्पतालले ४० बेडको आइसोलेन  सेन्टर, ४५ बेडको शंकास्पद बिरामी राख्ने र  ५० बेडको पोजेटिभ  बिरामी राख्ने  संरचना तयार गरेको मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए। 

उक्त सेन्टरमा पाँच वटा आइसीयु र ४५ वटा जनरल बेड रहने अस्पतालकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठले बताइन्।

सुशील कोइराला क्यान्सर अस्पतालमा सञ्चालन गरिएको कोभिड अस्पताल विवादमा परेपछि भेरीले आफ्नै अस्पताल भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो। 

‘कोभिड अस्पताल उता चलाउन गार्‍हो भएकाले यतै चलाउन खोजेका छौं,’ मेसु थापाले भने, ‘प्रदेश सरकारको सहयोगमा सबै कार्य भेरीले गरेको थियो तर त्यहाँ पनि क्यान्सरका बिरामी आउने र स्थान अभाव हुने गुनासोपछि यतै सार्ने तयारी गरिएको हो।’

सुशील कोइराला क्यान्सर अस्पतालमा ३३ जना कोरोनाका बिरामी छन्। जसमध्ये २ जना गम्भीर र एक जना लक्षण भएका बिरामी छन्। ‘२ जना फिजियसनले पालैपालो गरिरहनु भएको  छ, ६ जना  नर्स ड्युटीमा खटिनु भएको छ,’ मेट्रोन दुर्गालक्ष्मीले भनिन्, ‘दुईतिर चलाउन र जनशक्ति परिचालन गर्न समस्या भयो र दुवै अस्पतालका बीचमा केही कन्फ्युजन पनि भयो ।’
 
प्रदेश सरकारको सहयोगमा उक्त स्थानमा अस्पताल चलाएको तर क्यान्सरका बिरामी जोखिममा पर्ने गुनासो पनि आएपछि भेरीमै चलाइने मेसु थापाले बताए। 

१ जना नर्समात्र संक्रमित 
भेरी अस्पतालमा हालसम्म एकजना मात्र चिकित्सक संक्रमित छन्।  संक्रमित नर्सलाई अस्पतालबाट नभई उनकै परिवारबाट संक्रमित भएको पुष्टि भएको अस्पतालले जनाएको  छ। कोभिडको उपचारमा खटिएका नर्स तथा डाक्टरहरुसमेत संक्रमणबाट हालसम्म  सुरक्षित रहेको मेट्रोन श्रेष्ठले बताइन्। 

अस्पतालले आगामी दिनका लागि नयाँ रणनीतिका साथ उपचार गर्ने तयारी गरेको मेसु  थापाले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

अस्पतालले लक्षण देखिएकाहरुलाई बेडमा राख्ने र अन्यलाई सामान्य आइसोलेसनमा राख्ने, सम्भव भए होम आइसोलेसनमा राख्नेसम्मका योजना रहेको थापाले बताए।

‘भेन्टिलेटरमा राखेर उपचारै गर्नुपरे शंकास्पदलाई छुट्टै उपचार गर्छौं’, उनले भने, ‘सामान्य  र लक्षण नभएका बिरामीलाई सामान्य बेडमा चिकित्सकहरुको निगरानीमा राख्ने छौं।’ 

जोखिम कति ? 
सामान्य रोग र कोभिडको उपचार गर्ने अस्पताल एकै ठाउँमा हुँदा जोखिम धेरै हुने देखिएको छ। अस्पतालमा उपचार गर्न आउने मानिसहरु पनि डराउने गरेको अनुभव मेट्रोन श्रेष्ठको छ। ‘कोभिड विशेष  अस्पतालमा  फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी पहिलो जोखिममा छन्’  श्रेष्ठले भनिन्, ‘तर हामी डराएका छैनौं, सुरक्षित र स्वास्थ्य उपकरणको प्रयोग तथा पिपिईहरुको प्रयोग गरेर उपचार गरिरहेका छौं।’ 

अस्पतालले यी सबै सवाललाई ख्याल गरेर सामान्य उपचार गर्ने र कोभिड उपचार गर्ने अलग अस्पताल बनाएको उनले बताइन्।

‘दुवै अस्पतालका चिकित्सक र नर्सको टिम पनि अलग–अलग छ,’ उनले भनिन्,  ‘एउटा अस्पतालका बिरामी अर्कोमा जान मिल्दैन।’  आवतजावत गर्ने बाटो पनि फरक–फरक बनाइएको उनले बताइन्। 

 मानिसहरु  उपचारका लागि आउन डराउन थालेको तर अस्पतालले उनीहरुलाई मनोपरामर्शमार्फत्  अस्पतालका बारेमा बुझाइरहेको उनले बताइन्। ‘हिजो सबै शंकास्पद बिरामी भएकाले जोखिम धेरै थियो,’ उनले भनिन्,  ‘उक्त जोखिम त अहिले पनि छ,  तर अब सबै सचेत भएकाले फरक परेको छ।’ 

कोभिड अस्पतालभन्दा ननकोभिड अस्पतालका स्वास्थ्यकर्मीलाई जोखिम धेरै देखिएको  उनले बताइन्। ‘हामीले पिपिईदेखि कसरी सुरक्षित हुनेसम्मको  तालिम  दिएका छौं,’ उनले भनिन्,  ‘यसले झन सहज भएको छ। कोभिडसँग डराएर हैन अभ्यस्त भएर काम गर्नुपर्ने भएको  छ।’

कोभिड छ भनेर कसरी सचेत भएर काम गर्न सकिन्छ भनेर आफूहरुले काम गरिरहेको उनले बताइन्। 

कसरी मिलाउँदै छ उपचारको तालिका?
अस्पतालमा उपचारका लागि आउने बिरामीको उपचारदेखि कोभिडका बिरामीलाई व्यवस्थापनसम्मका लागि अस्पतालले दैनिक तालिका बनाएको मेसु थापाले बताए। 

‘अहिलको  अवस्थामा स्वास्थ्यकर्मीलाई देखिएको छैन तर कुनै पनि समयमा देखिनसक्छ,’ मेसु थापाले भने,  ‘यही कुरालाई ख्याल गर्दै ड्युटीको सिफ्ट मिलाउनेदेखि पिपिआई अनिवार्य गर्ने काम गरिएको छ।’ ननकोभिड  र कोभिडका बिरामी हेर्ने फरक जनशक्तिको व्यवस्था गरिने उनले बताए। 
 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्