काठमाडौं– जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरको छ। पर्सा र बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ।
सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। अत्यावश्यक कामका बाहेक काम बाहेक घर तथा कम्पाउन्ड बाहिर निस्कन प्रशासनले रोक लगाएको छ।
पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरिएको छ। कलैया बजार क्षेत्र, पथलैया वीरगंज औधोगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ़, कोल्हवी, सिम्रोनगढ, वरियापुर, पचरौता, देवताल, करैयामाई लगायत अत्यधिक भिडभाड हुने क्षेत्रमा घरबाहिर हिंडडुल गर्न रोकिएको छ।
हाटबजार लाग्ने क्षेत्रहरु पनि प्रतिबन्ध लगाइएको छ। विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्याँस, औषधी, एम्बुलेन्सलाई भने सञ्चालनमा रोक लगाइएको छैन। सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द रहने बताइएको छ। मेला, पर्व, जात्रा, महोत्सव, जुलुस, भेला लगायतका कार्यक्रम रोकिएको छ।
भारतसँग जोडिएका सिमा नाका भाद्र मसान्तसम्म आवातजावत पूर्ण रुपमा रोकिएको प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।