नयाँ दिल्ली- भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका धोनीले सबै फर्म्याटमा गरी अहिलेसम्म भारतका लागि ३ सय ३२ वटा खेल खेलेका छन् भने त्यसमध्ये १ सय ७८ वटा खेल जितेका छन्।
धाेनीसँगै अर्का खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घाेषणा गरेका छन्। रैनाले ट्विटरमा सन्यासकाे घाेषणा गरेका हुन्।
रैना र धोनी निकट सम्बन्ध भएका खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।