काठमाडौं - देशभर हाल ५ सय २३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै प्रदेश १ मा १ सय १५ जना संक्रमित होम आइसोलेसनमा छन्। सुदूरपश्चिममा १ सय ७, बागमतीमा १ सय ५, प्रदेश २ मा ९८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।
यस्तै, प्रदेश ५ मा ९० र कर्णालीमा ८ जना संक्रमित होम आइसोलेसनमा छन्। यसअघि शुक्रबार ४ सय ६२ जना संक्रमित होम आइसोलेसनमा थिए। साउन २६ गतेबाट होम आइसोलेसनमा रहने संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ। साउन २५ गते होम आइसोलेसनमा रहने संक्रमितको संख्या मात्र ७ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।