काठमाडौं- गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तनहुँका २ जना, कास्कीका ३ जना, बागलुङका २ जना र गोरखा, स्याङ्जा, नवलपरासी पूर्वका १-१ जना गरी १० जनामा कोरोना पुष्टि भएको हाे।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ६ जिल्लामा १० जनामा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितमध्ये ६ पुरुष र ४ महिला छन्।
तनहुँकाे भानु वडा नं २ र ४ मा ३० र ६१ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका ५ र ८ मा ३९ र ३५ वर्षीय पुरुषमा कोरोना भेटिएको हो। यस्तै, बागलुङमा ५४ र ३८ वर्षीय पुरुष, गोरखामा ४७ वर्षीया महिला, स्याङ्जाको पुतलीबजार १३ मा ३० वर्षीया पुरुष र नवलपरासी पूर्वको मध्यविन्दु ८ मा ३४ वर्षीय पुरुषमा कोरोना भेटिएको निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।