काठमाडौं-वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा वीरगञ्ज वडा नं १२ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय पुगेको छ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन २४ गते भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदनकुमार उपाध्यायले बताए। उनमा २३ गते कोरोना पुष्टि भएको थियो।
उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए। डा उपाध्यायका अनुसार ती व्यक्ति उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।