नयाँ दिल्ली- भारतीय गृहमन्त्री अमित शाहकाे काेराना परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे छ। उनले आफ्नाे रिपाेर्ट नेगेटिभ आएकाे शुक्रबार ट्विटरमार्फत जानकारी गराएका छन्।
उनले दुई हप्ता पहिले पनि काेराेना संक्रमित भएकाे आफैं जानकारी गराएका थिए। शाहले लेखेका छन्, 'आज मेराे रिपाेर्ट नेगेटिभ आएकाे छ। ईश्वरलाई धन्यवाद दिन चाहन्छु।'
उनले डाक्टरकाे सल्लाहअनुसार अझै केही दिन आइसाेलेसनमा बस्ने बताएका छन्। यसअघि काेराेना पाेजेटिभ देखिएपछि उनी मेदान्ता अस्पतालमा भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।