काठमाडौं- शुक्रबार काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन्।
आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ। काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्।
शुक्रबार देशभर ५९४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २५ हजार ५ सय ५१ पुगेको छ। भने २४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १७ हजार ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ।
(यसअघि प्रकाशित समाचार शीर्षकमा ११८ हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।