काठमाडौं- काठमाडौंको न्युरोड क्षेत्रमा एक जना व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गर्न आग्रह गरिएको छ। व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ मा पर्ने क्षेत्र न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गर्न वडा कार्यालयले आग्रह गरेको हो।
शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालयले अनुरोध गरेको हो। वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल तथा व्यवसाय बन्द गर्न अनुरोध गरिएको छ।
'न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।