काठमडाैं– इंग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान कमजोर देखिएको छ। दोस्रो टेस्टको पहिलो दिन नै पाकिस्तानले ५ विकेट गुमाएको छ।
साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानको सुरुवात नै खराब रह्यो। वर्षाबाट प्रभावित हुँदा पहिलो दिनको समाप्तिसम्म ४५.४ ओभरको खेल मात्रै भयो। जहाँ पाकिस्तानले ५ विकेटको क्षतिमा १२६ रन बनाएको छ।
६ रन हुँदा ओपनर शान मसोदलाई एक रनमा गुमाएको थियो। यसअघि पाकिस्तानले पहिलो टेस्ट खेलमा १५६ रनको उच्च योगफल बनाएकाे थियाे। तर दोस्रो टेस्ट क्रिकेटमा उनी जेम्स एन्डर्सनको सिकार बने। दोस्रो विकेट ७८ रन हुँदा कप्तान अजहर अलीलाई २० रनमा गुमाएको पाकिस्तानका लागि अविद अलीले ६० रन बनाउँदा असद साफिक ५ र फवाद आमल शून्य रनमै आउट भए।
पाकिस्तानका लागि बाबर अजाम २५ र मोहम्मद रिजवान ४ रनमा अविजित छन्। दोस्रो दिन शुक्रबार पाकिस्तानले यही स्थितिबाट ब्याटिङ थाल्नेछ। बलिङतर्फ इंग्ल्यान्डको जेम्स एन्डर्सनले दुई विकेट लिँदा स्टुआर्ट ब्रोड, साम करन र क्रिस वोक्सले समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।