काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च कर्मचारी सबैको काेराेना परीक्षणकाे नतिजा नेगेटिभ आएकाे छ। बिहीबार गरिएकाे पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको हाे।
प्राधिकरणका एक इन्जिनियरलाई कोरोना संक्रमण भएपछि घिसिङसहित उपकार्यकारी निर्देशकहरू र प्रवक्ताको पिसिआर परीक्षण गरिएको थियो।
प्राधिकरणका एक कर्मचारीले पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको र घिसिङ प्राधिकरणको वार्षिकोत्सवको तयारीमा व्यस्त रहेको बताए। प्राधिकरणले भदौ १ गते वार्षिकोत्सव मनाउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।