काठमाडौं- नेपाल प्रहरीले मास्क नलगाउने करिब ४ लाख २० हजार जनालाई कारबाही गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले ४ लाख १९ हजार ५३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो।
यीमध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाईबुझाई छाडिएको र ३९ हजार ५०७ जनालाई मास्क वितरण गरी सम्झाईबुझाई पठाइएको प्रहरीले जनाएको छ। यस्तै २५ हजार २०७ जनालाई जरिवाना गरी छाडिएको समेत प्रहरीले जनाएको छ।
यसैगरी अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारी साधन तथा अनुमति विना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको समेत प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।