काठमाडौं- पछिल्लो २४ घन्टामा सात जना कोरोना संक्रमित आइसियू र भेन्टिलेटरमा भर्ना भएका छन्। चार जना आइसियू र तीन जना संक्रमित भेन्टिलेटरमा भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै आइसियू र भेन्टिलेटरमा उपचार गराउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ। जसमध्ये ५ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यसअघि बुधबार आइसियूमा ८७ र भेन्टिलेटरमा दुई गरी ८९ जना संक्रमित उपचाररत थिए।
बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियूमा छन्। बागमतीमा मात्र ३८ जना संक्रमित आइसियूमा छन्। पाँच जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै, प्रदेश २ मा ४३, प्रदेश ५ मा ९ र गण्डकी प्रदेशमा १ जना संक्रमित आइसियूमा छन्। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियू र भेन्टिलेटरमा छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।