इटहरी- इटहरी उपमहानगरपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन्। नगरपालिकाले विभिन्न मितिमा शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १३ जनाको रिपाेर्ट पोजेटिभ आएको नगरपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
नगरले भीडभाड हुने स्थान र त्यहाँ जाने शंकास्पद व्यक्तिको काेराेना परीक्षण गरेको थियो। इटहरीमा संक्रमितको संख्या ४६ पुगेको छ। बिहीबार इटहरीको बडा नम्वर ५, १४, १६, १७, १९, २० मा एक-एक जना वडा नम्वर ७ र ९ मा दुई-दुई जना र वडा नम्बर ६ मा तीन जनाको रिपाेर्ट पोजेटिभ आएको हो।
उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ नगरपालिकाले सुरु गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।