काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न ३८ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ।
बुधबार ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हाल १४ हजार ७ सय ६९ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।