काठमाडाैं- भारतमा दिनदिनै काेराेना भाइरस संक्रमितकाे संख्या बढ्दै गएकाे छ। संक्रमितकाे संख्या बढ्दै जाँदा मृतककाे संख्या पनि बढ्दै गएकाे छ। काेराेनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशमा भारत चाैथाे नम्बरमा आइपुगेकाे छ।
भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेकाे तथ्यांकअनुसार भारतमा ४७ हजार ३३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। बेलायतमा ४६ हजार ७ सय ९१ जना संक्रमितकाे मृत्यु भएकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार पनि भारतले बेलायतलाई पछि छाेड्दै चाैथाे नम्बरमा आएकाे हाे।
काेराेना संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएकाे छ। दाेस्राे स्थानमा ब्राजिल रहेकाे छ भने तेस्राेमा मेक्सिकाे रहेकाे छ। चाैथाेमा भारत, पाँचाैंमा बेलायत र छैटाैंमा इटाली रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।