काठमाडौं-भारतीय क्रिकेटर करुण नायर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण मुक्त भएका छन्। योसँगै आइपिएल खेल्न किंग्स इलाभेन पञ्जाब टिमसँगै आउँदो साता करुण युएई प्रस्थान गर्ने छन्।
करुणलाई केही दिन पहिले कोरोना परिक्षण गर्दा संक्रमण भएको रिपोर्ट आएको थियो। तर अगस्ट ८ तारिखमा उनको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि कोरोनामुक्त भएका हुन्।
कोरोनाको संक्रमण देखिएपछि उनी दुई हप्ताभन्दा बढी सेल्फ आइसोलेसनमा बसेका थिए। करुणले अझै कोरोनाको परीक्षण तीन पटक गर्नु पर्नेछ। तीनै पटकसम्म कोरोना नेगेटिभ आए उनी अगस्ट २० मा युएई टिमसँगै प्रस्थान गर्ने छन्।
करुणले पञ्जाबबाट २०१८ र २०१९ को आइपिएलमा गरी १४ खेल खेलेका छन्। जसमा उनले २ अर्धशतकसहित ३०६ रन बनाएका थिए। भारतीय क्रिकेट खेलाडीहरुमा कोरोना लागेकामध्ये अरुण हाइ प्रोफाइलका खेलाडी हुन्। उनले भारतीय क्रिकेट टिमबाट ६ खेलको टेस्ट र २ एकदिवसीय खेल खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।