• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवासँग असन्तुष्ट जिल्ला सभापतिहरुको निर्णय : विभाग गठन अमान्य

64x64
नेपाल लाइभ बिहीबार, साउन २९, २०७७  ११:४४
1140x725

काठमाडौं–नेपाली कांग्रेस संस्थापन इतरका जिल्ला सभापतिहरुले महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागहरू अमान्य हुने बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका जिल्ला सभापतिहरुको भर्चुअल बैठकमार्फत्  यस्ताे निर्णय गरेकाे नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले बताए।

‘विधानले दिएको समयमा सभापतिले विभाग गठन गर्नुभएन। महाधिवेशननजिक गरिएको निर्णय अमान्य छ। महाधिवेशन प्रभावित पार्ने कार्य स्वीकार गरिँदैन,’ उनले भने।

अनुशासन समितिले तीन जना नेतालाई गरेको कारबाहीप्रति पनि जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन्। तनहुँका कांग्रेस नेता गोविन्दराज जोशी र कैलालीका पुष्करनाथ ओझालाई गरिएको कारबाही प्रतिशोधका आधारमा भएको उनीहरुको ठम्याइ छ।

क्रियाशील सदस्यता वितरण र नवीकरण साउन मसान्तसम्म सक्ने गरि केन्द्रीय समितिले निर्णय गरे पनि जिल्लाहरुमा फारम नपठाइएकोप्रति आपत्ति जनाइएको छ। डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा विभिन्न वहानामा  क्रियाशील सदस्यता वितरण रोकिएको उनीहरुले बताएका छन्।

जिल्ला सभापतिहरुले यसअघि गरेका निर्णयप्रति पुनः ध्यानाकर्षण गराएका छन्। पार्टीका सबै तह र तप्काका व्यक्तिहरू वडा तहदेखि नै निर्वाचित भई आउनु पर्ने मागलाई दोहोर्‍याइएको छ। समावेशी, समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्ने व्यक्तिले एकपटक मात्र उक्त जिम्मेवारीको अवसर पाउने मागलाई सभापतिहरुलाई पुन उठाएका छन्।

सदस्यता वितरण पार्टीको विधानअनुसार गर्न र नियमावलीमा गरिएको व्यवस्था खारेज गर्न उनीहरुले माग गरेका छन्। एक निर्वाचन क्षेत्र भएका जिल्लामा पनि महाधिवेशन प्रतिनिधिबाट नै सभापति चयन गरिने व्यवस्था राख्न नेतृत्वलाई सुझाइएको छ।
 पार्टी सभापति र केन्द्रीय समितिमा रहने नेताहरुको सम्झौतावादी नीतिका कारण लोकतान्त्रिक पद्धति कमजोर भएकाे जिल्ला सभापतिहरुको निष्कर्ष छ। 

करिब चार दर्जन जिल्ला सभापति भर्चुअल बैठकमा सहभागी भई निर्णय सार्वजनिक गरिएको केसीले जानकारी गराए।


यस्ताे छ नेपाली काँग्रेसका जिल्ला सभापतिहरूद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहनुभएका नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक २०७७ साउन २८ गते सम्पन्न भयो। पार्टीको वर्तमान अवस्था र क्रियाकलाप, कोरोना भाइरसको संक्रमण, सरकारका क्रियाकलाप, सीमा विवाद, बाढी पहिरो र डुबानले आक्रान्त देशको अवस्था, संकटको बाटोमा हिडिरहेको अर्थतन्त्र, देश र जनताको अवस्था आदि विषयमा छलफल गरी तपसिलकाे निष्कर्षामा पुगियो ।

तपसिल
१) नेपाली काँग्रेसको विधान अनुसार पार्टीको सबैभन्दा माथिल्लो निकाय महाधिवेशन हो। दोस्रो निकाय महासमिति हो । महाधिवेशन र महासमितिबाट पारित भएका हरेक विषयहरू नेपाली काँग्रेसको विधानतः नीति बन्दछ । यसै क्रममा नेपाली काँग्रेसको ८ औं महासमितिले गरेका निर्णयहरू क्रमसः
क) पार्टीका सबै तह र तप्काका व्यक्तिहरू वडा तहदेखि नै निर्वाचित भई आउनु पर्ने,
ख) समावेशी, समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्ने व्यक्तिले एकपटक मात्र उक्त जिम्मेवारीको अवसर पाउने ।
ग) सदस्यता वितरण पार्टीको विधान अनुसार गरियोस् । नियमवालीमा गरिएको व्यवस्था खारेज गरियोस् ।
घ) एक निर्वाचन क्षेत्र भएका जिल्लामा पनि महाधिवेशन प्रतिनिधिबाट नै सभापति चयन गरिने व्यवस्था गरियोस् ।
लगायतका विषयहरू पार्टीको नीति, विधान र परम्पराविपरीत केन्द्रीय समितिलेको बहुमतद्वारा उल्टाइएको छ । केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णयहरू अक्षरस पार्टीको १४औं महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने छौँ ।

२)नेपाली काँग्रेसको विधान २०१७ र संसोधित विधान २०७५ ले निर्देशित गरे अनुसार पार्टी पद्धति अनुसार पार्टी सभापति एवम् केन्द्रीय समिति अगाडि बढ्न नसकेको । पार्टीको विधान अनुसार छ महिनाभित्र गठन हुनुपर्ने विभागहरू गठन गर्न वर्तमान केन्द्रीयसमिति एवम् नेतृत्व पूर्ण रूपमा असफल रह्यो।

वर्तमान केन्द्रीय समिति लगायत सम्पूर्ण समितिहरूले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा र पार्टीको १४ औं महाधिवेशन पनि घोषणा भैसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागहरू अवैधानिक एवम् स्वेच्छाचारी ढंगले विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद छ।

Xtrem

Xtrem

लामो समय उक्त विभागहरूमा कसैलाई पनि जिम्मेवारी नदिई स्वच्छाचारी तवरले संचालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागहरूलाई अमान्य ठहर गर्दछ ।

३) कार्यविधि अनुसार समायोजन सम्पन्न भएका डढेलधुरा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लाहरूमा विभिन्न बहानामा रोकिएको क्रियाशील सदस्यता फारम तत्तकाल उपलब्ध गराउन माग गर्दछौं साथै तेह्रौं महाधिवेशनमा सम्पूर्ण विधि प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका साथीहरूको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउन माग गर्दछौँ । पार्टीको क्रियाशील सदस्यता विधान बमोजिम सधैंका लागि खुल्ला हुने भएको हुँदा जिल्ला तहबाट नै फारम वितरण गर्ने व्यवस्थाको सुनिस्चितता गर्न आग्रह गर्दछौं ।

पार्टीको समायोजन कार्यविधि, निर्देशिका विपरित पार्टी समायोजनमा केन्द्रीय निर्वाचन समितिले विभिन्न जिल्लामा खेलेको भूमिका नेता प्रभावित देखिएकाले केन्द्रीय निर्वाचन समितिको विश्वसनियताप्रति हाम्रो ध्यान आकर्षित भएको छ। यस प्रकारका क्रियाकलापहरू रोकी निष्पक्षता र तटष्थता कायम गर्न आग्रह गर्दछौं ।

४) पार्टीका उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने, अन्य उम्मेदवारलाई सघाउनेहरू विधान अनुसार नै स्वत पार्टीबाट बर्खास्त हुने प्रस्ट व्यवस्था छ । विधान अनुसार तत्काल कारवाही गरिनुपर्नेलाई नगरि अधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधको आधारमा कारबाही गरिएको छ । यस प्रकारका गतिविधि रोकिनु आवश्यक छ ।

५) नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनैतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताहरूले प्रत्यक्ष अनुभुति गर्ने गरी भावी रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणा गर्दछौँ । नेपाली काँग्रेस पार्टीले अंगिकार गरेको लोकतान्त्रिक समाजवादको सामाजिक परिभाषा, व्याख्या, योजना, निति तथा कार्यक्रम निर्माणमा नेपाली काँग्रेस पाटीको आन्तरिक बैचारिक बहस र सम्वादलाई तिव्रता दिने छौँ । जिल्ला र स्थानीय तहमा क्रियाशिल पार्टी पङ्तीहरूमा निरन्तर सैद्धान्तिक, वैचारिक, नवीन  ढंगको संगठन निर्माणका लागि अर्थपूर्ण सम्वादलाई तिव्रताका साथ अगाडि बढाउने प्रण गर्दछौँ ।

६)पार्टीभित्र नेतृत्वमा पुग्नको लागि पैसा-पाखुराको प्रभावबाट हैन निष्ठा, त्याग र क्षमताको आधारमा प्रतिनिधित्व हुने प्रणाली सुनिश्चितताका लागि सबै साथीहरूलाई आग्रह गर्दछौँ ।

७) पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिको हकमा पार्टीको बिधान अनुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिस्चित गरियोस् ।

८) नेपाली काँग्रेसका सभापति र केन्द्रीय समितिमा रहने नेताहरुको सम्झौतावादी नीतिका कारण लोकतान्त्रिक पद्धति कमजोर र निष्कृय प्रायः हुँदै गएको छ । पहिले देश, अनि जनता, जनता पछि पार्टी र पार्टीपछि आफू हुनुपर्ने तर आफू र आफ्ना भन्ने नीति केन्द्रीय समितिमा हावी भएका कारणले गर्दा देशको लोकतान्त्रिक पद्धति र पार्टी प्रति आम मानिस र सक्रिय साथीहरूमा वितृष्णा आएको छ । देश र जनतालाई केन्द्रमा राखेर लोकतान्त्रिक पद्धतिलाई सुदृढ गर्दै नेपाली काँग्रेसलाई जिम्मेवार बनाउने निति लिनका लागि आग्रह गर्दछौं ।

९) भ्रष्टाचार, अनियमितता, कुशासनमा चुर्लुम्म डुबेको नेकपाको सरकार, कोरोना नियन्त्रण र व्यवस्थापनमा पूर्ण रूपमा असक्षम र असफल रहेको छ। आफ्नो असफलता ढाक्न स्वतन्त्र मिडियाको मुख थुन्ने, फर्जि मिडिया चलाउने, धम्क्याउने, भ्रम सिर्जना गर्ने कार्य गरिरहेको छ । यस्तो कार्यको घोर भर्त्सना गर्दछौं । सरकारका अर्कमण्यताविरुद्ध संघर्षमा उत्रिनै पर्ने अत्यावश्यक भएकाले त्यस प्रकारको निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रह गर्दछौं ।
जय नेपाल
मिति २०७७/०४/२९गते

 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्