काठमाडौं- नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना देखिएको छ। उनलाई बुधबार कोरोना भएको पुष्टि भएपछि उनको विभागका अन्य कर्मचारीको पनि परीक्षण गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।
संक्रमिले स्वास्थ्यमा कोरोनाको लक्षण देखिएको भन्दै आफैंले कोरोना परीक्षण गरेका थिए। उनले गरेको परीक्षणको रिपोर्ट बुधबार आएको थियो। रिपोर्ट आउने बितिकै उनीसँग सम्बन्धित विभाग बन्द गरिएको थियो।
आवश्यकताअनुसार थप व्यक्तिको परीक्षण गरिने राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय सार्वजनिक सेवा प्रवाह गर्ने सार्वजनिक संस्थाक कर्मचारीलाई कोरोना देखिदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।