नयाँ दिल्ली- भारतमा काेराेना भाइरसकाे संक्रमण तीव्र रुपमा बढी रहेकाे छ। बुधबार बिहानसम्मकाे तथ्यांकअनुसार २३ लाख २९ हजार ६ सय ३८ जनामा संक्रमण देखिएकाे छ।
यस्तै भारतकाे पश्चिम बंगालमा पनि संक्रमण बढ्दाे छ। त्यहाँ ३०० जना डाक्टरमा काेराेनाकाे संक्रमण देखिएकाे छ। पश्चिम बंगालमा अहिलेसम्म काेराेना संक्रमणबाट १९ जना डाक्टरकाे मृत्यु भइसकेकाे बिबिसी हिन्दीले उल्लेख गरेकाे छ।
भारतमा मंगलबार मात्रै ८ सय ३४ संक्रमितकाे मृत्यु भएकाे थियाे। काेराेनाका कारण भारतमा अहिलेसम्म कूल ४० हजार ९१ जनाकाे मृत्यु भइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।