नयाँ दिल्ली- भारतमा काेराेना संक्रमितकाे संख्या २३ लाख नाघेकाे छ। बुधबार बिहानसम्मकाे तथ्यांकअनुसार भारतमा २३ लाख २९ हजार ६ सय ३८ जनामा काेराेना संक्रमण देखिएकाे छ।
मंगलबार एकैदिन थप ६० हजार ९ सय ६३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे थियाे भने ८ सय ३४ जनाकाे मृत्यु भएकाे थियाे। भारतमा काेराेनाका कारण कूल ४० हजार ९१ जनाकाे मृत्यु भइसकेकाे छ।
१६ लाख ३९ हजार ५९९ संक्रमित निकाे भएका छन्। भारतमा सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित छन्। त्यहाँ ५ लाख ३५ हजार ६ सय १ जना संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।