काठमाडौं-इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुआर्ट ब्रोड आफ्नै बाबुको कारबाहीमा परेका छन्। उनलाई कारबाहीस्वरुप म्याच फि को १५ प्रतिशत कटाइएको छ।
तर उनी किन परे त आफ्नै बाबुको कारबाहीमा? उनका बाबु क्रिस ब्रोड क्रिकेट रेफ्री हुन्। क्रिसले आफ्ना छोरा स्टुआर्ट ब्रोडलाई कारबाही खेलकै दौरानमा भएको विषयलाई लिएर गरेका हुन्।
पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेट खेलमा स्टुआर्ट ब्रोडले गलत शब्द प्रयोग गरेका थिए। उनले ४६ ओभरको खेल चलिरहँदा यसिर शाहलाई आउट गराएका थिए। आउट गराएपछि गलत शब्द प्रयोगसँगै स्टुआर्ट ब्रोडको हाउभाउ नै आश्चर्यजनक थियो।
म्याच रेफ्रीमा थिए उनका बाबु क्रिस ब्रोड। अध्ययनपछि आईसिसीको आचारसंहिताविपरीत भएको भन्दै स्टुआर्ट ब्रोडलाई म्याच फि को १५ प्रतिशत जरिवना गराइएको छ। त्यस्तै, उनलाई एक नम्बर डिमिरेट दिइएको छ।
स्टुआर्ट ब्रोड खेलकै दौरानमा बाबुबाट कारबाहीमा पर्ने पहिलो खेलाडीसमेत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।