काठमाडाैं- विश्वमा काेराेना भाइरसका कारण ७ लाख बढी मानिसकाे मृत्यु भएकाे छ। जाेन हप्किङस् विश्वविद्यालयकाे तथ्यांक अनुसार विश्वमा बुधबार बिहानसम्म ७ लाख ४० हजार २ सय ७६ संक्रमितकाे मृत्यु भएकाे हाे।
विश्वमा २ कराेड २ लाख २३ हजार ३ सय ६ जनामा काेराेना संक्रमण देखिएकाे छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकामा ५१ लाख ४१ हजार १ सय ९३ जनामा संक्रमण देखिएकाे छ भने १ लाख ६४ हजार ५ सय ३१ जनाकाे मृत्यु भएकाे छ।
यस्तै दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा ३० लाख ५७ हजार ४ सय ७० जनामा संक्रमण देखिएकाे छ भने १ लाख १ हजार ७ सय ५२ जनाकाे मृत्यु भएकाे छ। भारतमा २२ लाख ६८ हजार ६ सय ७५ जनामा संक्रमण देखिएकाे छ भने ४५ हजार २ सय ५७ जनाकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।