काठमाडाैं- चर्चित उर्दु कवि राहत इन्दौरीको कोरोना भाइरसका कारण निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार इन्दौरीको मध्य प्रदेशमा मंगलबार भारतीय समय अनुसार अपराह्न ५ बजे मृत्यु भएको हो। सोमबारमात्र उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
७० वर्षीय इन्दौरीले मंगलबार बिहान आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। ‘कोरोना संक्रमणको लक्षण देखिएपछि सोमबार परीक्षण गराएको थिएँ। आज संक्रमण पुष्टि भएपछि अरविन्दो अस्पतालमा भर्ना भएको छु’, उनले ट्विटरमा लेखेका थिए।
उनलाई सास फेर्न समस्या भएको थियो। उनलाई ह्रदय घात भएकाे बताइएकाे छ। उनमा निमाेनिया पनि देखिएकाे डाक्टरले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।