एजेन्सी–रुसले कोरोनाविरुद्धको खोप तयार पारेको दाबी गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै पुटिनले कोरोना भाइरसविरुद्ध पहिलो खोप दर्ता भएको दाबी गरे।
उक्त खोप मानिसमा २ महिनासम्म परीक्षण गरिएको र सबै सुरक्षा मापदण्ड पूरा गरेको दाबी पनि पुटिनले गरेका छन्। खोप आफ्नी छोरीलाई समेत दिइएको उल्लेख गर्दै पुटिनले भने, ‘खोप प्रभावकारी छ, यो सुरक्षा मापदण्डमा खरो उत्रिएको पनि म दोहोर्याउछु।’
मस्कोको गामेलिया इन्सिच्युटले तयार पारेको खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले पनि स्वीकृति दिएको छ। अब यो खोप ठूलो संख्यामा मानिसहरुलाई लगाउने तयारी गरिएको छ।
यद्यपि रुसले तीव्र रुपमा तयार पारेको खोपका विषयमा वैज्ञानिकहरुले चिन्ता पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।