काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयमा उच्चतहका पदाधिकारीलाई कोरोना संक्रमण भएको छ।
गत आइतबार ३३१ जनामा गरिएको परीक्षणमा एक जना उच्चतहका पदाधिकारीमा कोरोना संक्रमण देखिएको हो। त्यसअघि दुईपटक भएका परीक्षणमा ४१ जनामा कोरोना संक्रमण देखिएको थियो।
आइतबार अघि दुईपटक भएको स्वाब परीक्षणमा एकपटक १६ जनामा संक्रमण देखिएको थियो भने अर्कोपटकमा २५ जनामा संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।