जनकपुर-धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। विदेह नगरपालिका-८ निवासी ६० वर्षीय पुरुषकाे संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत उनकाे गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड-१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए। डा सिंहका अनुसार मृतक क्षयरोगले पनि सिकिस्त थिए।
प्रजिअ भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन। 'मृतकको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको हुनसक्छ ।'
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए। मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो। योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।