काठमाडौं- चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ७४ करोड ८० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७४ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो।
विद्युत् बिक्री भने २.५४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा चिलिमेले विद्युत् बिक्री गरेर एक अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष एक अर्ब १७ करोड रुपैयाँ थियो।
कम्पनीले सञ्चालन खर्च कटौती गरेको छ। साथै अघिल्लो वर्षको भन्दा ह्रास कट्टि कम छ। यसले गर्दा चिलिमेको नाफामा सुधार आएको हो।
गत वर्ष रोयल्टी बापत १३ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ। अघिल्लो वर्ष यस्तो शुल्क १२ करोड ४९ लाख रुपैयाँ थियो। चुक्ता पुँजी २० प्रतिशतले बढे पनि नाफामा खासै सुधार नहुँदा प्रतिसेयर आम्दानी दुई रुपैयाँले घटेको छ। प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।