काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित देखिएका छन्। आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११८० पुगेको छ।
काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।
आइतबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २३ हजार ३ सय १० पुगेको छ। भने १४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या सोमबार १६ हजार ४ सय ९३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।