माेरङ- मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको परीक्षणमा एक न्यायाधीशकाे नतिजा पोजेटिभ आएको हो।
न्यायाधीशसहित अदालतका चार ४ जना कर्मचारीको पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा एक न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको जिल्ला अदालतका श्रेष्तेदार ईश्वरमणि ओझाले बताए। मोरङमा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ।
एक न्यायाधीशमा कोरोना देखिएपछि अदालतका अन्य न्यायाधीश र कर्मचारी गरी ४० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको श्रेष्तेदार ओझाले बताए। न्यायाधीशको कुनै ट्राभल हिस्ट्री भने नभएकोले सेवाग्राहीबाटै संक्रमण भएको आशंका गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।