काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान खुलाउने मिति १५ दिन सार्न प्रस्ताव गरिएको छ। सरोकारवाला मन्त्रालयबाट कोरोनाको संक्रमण थप फैलँद गएको भन्दै यी सेवा थप १५ दिन सार्नका लागि प्रस्ताव आएको बैठकमा सहभागी भएका एक मन्त्रीले नेपाल लाइसँग भने।
सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात र आन्तिरक तथा बाह्य उडान संचालनमा ल्याउने यसअघि निर्णय गरेको थियो।
सरकारको निर्णयअसनुसार यातायात व्यवसायी र हवाई सेवा प्रदायककले भदौ १ बाट नै सेवा शुरु गर्ने तयारीमा रहेको बताउँदै आएका छन्। यद्यपि संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गर्ने निर्णय मान्य हुने बताउँदै आएका छन्। यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि १५ दिन हवाई सेवा सार्ने विषयमा सरोकारवालाहरूसँग प्रस्ताव गरेको थियो। तर अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाटै गर्ने भन्दै बैठक सकिएको थियो।
यस्तै सरकारले भदौ १ बाट नै विद्यालयमा भर्ना खोल्ने समेत निर्णय गरेको थियो। सो विषयलाई पनि १५ दिन सार्न सिसिएमसीमा प्रस्ताव आएको छ।
सिसिएमसीमा आएका प्रस्तावलाई एकत्रित गरी मन्त्रिपरिषद्मा पठाइने सिसिएमसी बैठकमा सहभागी भएका ती मन्त्रीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।