काठमाडौं- कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका १ हजार १ जना नेपाली आइतबार स्वदेश फर्किएका छन्।
विभिन्न ४ वटा मुलुकबाट उनीहरूलाई सरकारले व्यववस्था गरेको उडानबाट सशुल्क फर्काइएको हो।
स्वदेश फर्कनेमा साउदी अरबबाट २ सय ६१, कतारबाट १ सय ५५, मलेसियाबाट १ सय ५६ र युएईबाट ४२९ जना रहेका छन्।
साउदीबाट नै एउटा शब समेत ल्याइएको कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसीले) जनाएको छ।
कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारो परेका ४६ हजार ६ सय ६१ नेपाली छन्। मलेसिया, कतार, साउदी, युएई, कुवेत, अस्ट्रेलिया, जापान, फिलिपिन्स, टर्कीलगायत ३० वटा मुलुकमा अप्ठ्यारोमा परेका नेपाली फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।