काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ९२ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्र ९०, ललितपुरमा २ जना संक्रमित देखिएका छन्।
आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११३६ पुगेको छ।
काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्।
आइतबार देशभर ३८० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २२ हजार ९ सय ७२ पुगेको छ। भने ४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या शुक्रबार १६ हजार ३ सय ५३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।