काठमाडौं- नेपालमा हालसम्म ७५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७५ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।
आइतबार थप २ जना संक्रमितको मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको हो। कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।
पछिल्लो २४ घन्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९७२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३५३ उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पिसिआर परीक्षण भएको छ। हाल ११ हजार ३८ जना क्वारेन्टाइनमा छन्। आइतबारसम्म ४ लाख ४३ हजार ८ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।