काठमाडौं- आन्तरिक राजस्व विभागले करदाताको खाता अर्थात् खरिद तथा बिक्री खाता प्रमाणित गर्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्याएको छ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरूले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १६ (३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनुपर्ने कानूनी प्रावधान रहेको छ। जसअनुसार मासिक कर विवरण पेश गर्ने करदाताले साउन महिनाभित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदाताले कार्तिक महिनाभित्र खाता प्रमाणित गराइसक्नुपर्छ।
विभागले हरेक वर्ष राजस्व कार्यालयलाई यहि प्रावधानअनुसार परिपत्र गर्ने गरेको थियो। तर हाल विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक, द्विमासिक, चौमासिक कर विवरण बुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।