काठमाडौं- नेपाल एसबिआई बैंक बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकले होटल सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा छुट पाउने भएका छन्।
नेपाल एसबिआइ बैंक र सोल्टी क्राउन प्लाजाबीच बैंकको सबै भिसा डेबिटबाट भुक्तानी गरे १० प्रतिशत छुट पाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिइएको छ।
उक्त सम्झौतामा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनूकूल भटनागर र सोल्टीका भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईंले हस्ताक्षर गरेका छन्।
सम्झोतामा हस्ताक्ष कार्यक्रममा बैंकका प्रमूख व्यवसाय प्रवर्धन अधिकृत छपिराज पन्त तथा सोल्टीका कम्पनी सचिव मूक्ति श्रेष्ठकोस समेत उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।