काठमाडौं-वीर अस्पतालमा कार्यरत २ चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना देखिएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए। वीर अस्पतालमा बिहीबार पनि एक चिकित्सकलाई कोरोना देखिएको थियो।
अस्पतालका २ डाक्टरमा कोरोना देखिएपछि ३५ जनालाई क्वारेन्टाइनमा राखिएको डा सेञ्चुरीले बताए। कोरोना संक्रमण देखिएका दुवै जनामा ज्वरोको लक्षण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।