काठमाडौं-गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जनामा संक्रमण पुष्टि भएको हो।
उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ भने १ हजार ३ सय ८३ जना निको भइसकेका छन्।
नेपालमा भने कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।