काठमाडौं-पाहुना टोली पाकिस्तानविरुद्ध टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड धरापमा परेको छ। दोस्रो दिनको समाप्तिसम्म इंग्ल्यान्डले आफ्नो पहिलो इनिङमा ९२ रन बनाउँदा नै चार विकेट गुमाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दोस्रो दिन सबै विकेटको क्षतिमा ३२६ रन बनाएपछि घरेलु टोली इंग्ल्यान्डले ब्याटिङ थालेको थियो। तर इंग्ल्यान्डको सुरुवाती राम्रो हुन सकेन। एकपछि अर्को विकेट गुमाएको इंग्ल्यान्डले १२ रन हुँदा तेस्रो विकेटको रुपमा बेन स्टोक्स शुन्य रनमै आउट भए।
६२ रन हुँदा चौथो विकेटको रुपमा कप्तान जोइ रुट १४ रनमा आउट भएपछि इंग्ल्यान्ड झनै दबाबमा आएको थियो। तर इंग्ल्यान्डका लागि ओले पोप र जस बटलरले ३० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका छन्। पोप ४६ रनमा अविजित हुँदा बटलर १५ रनमा अविजित छन्। इंग्ल्यान्डका लागि पोप र बटलरले टिमलाई उकास्न सक्छन्। यी दुई खेलाडी पनि सस्तैमा समेटिए। पहिलो इनिङमै इंग्ल्यान्ड पाकिस्तानसँग फराकिलो अन्तरले पछि पर्ने छ।
इंग्ल्यान्डका ब्याटिङ धरापमा पार्न पाकिस्तानका मोहम्मद अबासले दुई विकेट लिदा शाहिन शाह अफ्रिदी र यासिर शाहले समान १–१ विकेट लिए।
सानले जोगाएको पाकिस्तान
पाकिस्तानको ब्याटिङ भने ओपनर सान मसोदले जोगाए। उनको उत्कृष्ट प्रदर्शनमै पाकिस्तानले पहिलो इनिङमा ३२६ रन बनाउन सक्यो।
उच्च रन बनाउने क्रममा मसोदले शतकसहित १५६ रनको उच्च स्कोर बनाए। यो रन उनको टेस्ट क्रिकेटमा सबै भन्दा उच्च रन हो। त्यस्तै, पाकिस्तानका लागि बाबर अजामले ६९ रन बनाए। सादब खानले ४५ रन बनाउँदा अविद अलीले १६ रनको योगदान दिए।
बलिङतर्फ इंग्ल्यान्डका लागि स्टुआर्ट ब्रोड र जोफ्रा आर्चरले समान ३–३ विकेट लिए। त्यस्तै, क्रिस वोक्सको नाममा दुई विकेट रह्यो।
इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलु टिमसँग ३ खेलको टेस्ट क्रिकेट सिरिज र ३ खेलकै टि–२० क्रिकेट सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।