काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र ३ सय ६० जनामा कोरोनामा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा झापाका ८, मोरङका १ र सुनसरीका १५, कोशी अस्पताल विराटनगर प्रयोगशालामा इलामका १५ र मोरङका १३ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १० र सुनसरीका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २३, महोत्तरी, सर्लाही र सिरहाका १÷१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नारायणी अस्पताल वीरगञ्जमा महोत्तरीका १, पर्साका ४१ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाजुराका ३, गोरखाका ४, काठमाडौंका २५, कपिलवस्तुका २१ र सर्लाहीका ७ जनामा कोरोना पृष्टि भएको छ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १, भोजपुरका २, दोलाखाका १, काठमाडौंका १५, काभे्रपलान्चोकका १ र ललिपुरका २ जना, भरपुर अस्पताल कोभिड–१९ अस्पतालमा चितवनका १ जनामा कोरोना संक्रमण भएको छ।
किटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बाराका १३, मकावनपुरका ४, रौतहटका १, काठमाडौंका १, रुपन्देहीका १ र सर्लाहीका १, वीर अस्पताल काठमाडौंमा धनुषाका १, काठमाडौंका ३, महोत्तरीका १, नुवाकोटका १, रामेछापका १ र सिराहका १ जनामा कोरोना देखएिको छ।
त्रिवि शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्जमा बाराका १, गुल्मीका १, कन्चनपुरका १, काठमाडौंका ५, काभ्रेपलान्चोकका १ र उदयपुरका १, नेपाल प्रहरी अस्पताल काठमाडौंमा काठमाडौंका १३ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
स्टार अस्पताल सानेपामा काठमाडौंका ४, ललिपुरका १, पर्साका १, बिआडिएस ल्याब ललितपुरमा ललितपुरका ६ जनामा कोरोना देखिएको छ।
ह्याम्स अस्पताल प्रयोगशालमा काठमाडौंका ९, ललितपुरका १, नेपाल कोरियामैत्री अस्पताल प्रयोगशालमा दाङका १ जनामा कोरोना भेटिएको छ।
वीरेन्द्र अस्पताल प्रयोगशालमा काभे्रपलान्चोकका १, काठमाडौंं १, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गोरखाका २, कास्कीका १, पर्वतका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा दाङका २, कपिलवस्तुका १, प्युठानका ५ जनामा कोरोना देखिएको छ।
लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा कपिलवस्तुका १०, रुपन्देहीका ३, सुर्खेत प्रदेशिक अस्पताल सुर्खेतमा दैलेखका १ र सुर्खेतका १, कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका १, मुगुका १ जनामा कोरोना पृष्टि भएको छ।
डडेल्धुरा अस्पताल डडेल्धुरामा बैतेडीका १, डोटीका २ र सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा अछामका ७, बझाङका ३, कैलालीका २१ र कन्चनपुरका १ जनामा कोरोना भेटिएको छ।
कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। कुल संक्रमितमध्ये हाल ६ हजार २ सय ९६ जना संक्रिय संक्रमित छन्। मुलुकभर हाल ९ हजार ४ सय ७० जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।