काठमाडौं- बिहीबार काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।
काठमाडौंमा कोरोना संक्रमित हुनेकोको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ। योसँगै उपत्यकाको कुल संक्रमित संख्या ८७६ पुगेको छ।
बिहीबार देशभर ३६० संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितकोे संख्या २१ हजार ७ सय ५० पुगेको छ।
२३३ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।