काठमाडौं- नेपालमा ६५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ६५ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।
नेपालमा हालसम्म २१ हजार ७५० जना संक्रमित भएको र हालसम्म १५ हजार ३८९ जना निको भएर घर फर्किएको समेत प्रवक्ता डा गौतमले जानकारी दिए।
नेपालमा हालसम्म ७० दशमलव ५७ प्रतिशत संक्रमित निको भइसकेको उनको भनाइ थियो।
पछिल्लो पटक संक्रमित बढ्दै गएपछि सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला र काठमाडौं उपत्यकाका तीनै जिल्लामा जोरबिजोर प्रणाली लागू गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।