काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि विशेष अदालत जोखिममा परेको छ।
अख्तियारका ३५ कर्मचारीमा कोरोना देखिएपछि विशेष अदालतमा पनि संक्रमण हुने उच्च जोखिम देखिएको हो। यही जोखिमलाई ख्याल गर्दै अदालतले पहिलो चरणमा फ्रन्ट डेस्कमा रहेका कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको छ। १४ जनाको स्वाब परीक्षणका लागि पठाइएको विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए।
अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले दायर गर्ने मुद्दामात्र सुनुवाई गर्ने अदालतमा अख्तियारबाटै दैनिक रुपमा कर्मचारी आवतजावत भइरहेको हुन्छ। आरोपपत्र दायर, पक्राउ परेका व्यक्तिको म्याद थप, बहस गर्न विशेष अदालतमा अख्तियारबाट उपस्थित हुने गर्दछन्।
सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका फाँटका कर्मचारी र सुरक्षाकर्मीको परीक्षण गरिएको र अन्यको पनि विस्तारै गरिने उनले बताए। विशेष अदालतले जोखिम न्यूनिकरण योजना यसअघि नै लागू गरेकोले संक्रमण नहुनेमा आसावादी रहेको क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।