काठमाडौं- दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सरकारले जोरबिजोर प्रणाली लागू गर्ने भएको छ। बिहिबारदेखि सरकारले दुईभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। हाल काठमाडौं उपत्यकासहित कैलाली, पर्सा, रौतहट र महोत्तरीमा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्।
जनस्वास्थ्यको मापदण्डअनुसार २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न निर्देशन दिइएको गृह मन्त्रालयलये जानकारी दिएको छ। गृह मन्त्रालयले काठमाडौं उपत्यकामा पनि यो नियम लागू गर्न निर्देशन दिएको छ।
२०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ।
सक्रिय संक्रमित भन्नाले संक्रमण देखिएर निको नभएकाहरु हुन्।
कुन जिल्लामा कति सक्रिय संक्रमित?
काठमाडौं, भक्तपुर र ललितपुरमा ५६१
कैलाली ६६९
पर्सा ४७७
रौतहट ७७६
महोत्तरी ५४४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।