काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ। बुधबार गृह मन्त्रालयले उपत्यका बिहीबारबाट नै जोरबिजोर प्रणाली लागू गर्न निर्देशन दिइएको जानकारी दिएको हो।
उपत्यकाका साथै अन्य जिल्लामा भने २ सयभन्दा सक्रिय कोरोना संक्रमित भएका जिल्लामा समेत जोरबिजोर प्रणाली लागू गर्न मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराएको छ।
हाल २ सयभन्दा बढी संक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौं उपत्यकासहित कैलाली, पर्सा, रौतहट र महोत्तरी हुन्।
यसका साथै सरकारद्वारा अनुमतिप्राप्त बाहेक अन्तर्राष्ट्रिय सीमा पार गरी आवतजावत गर्न समेत निषेध गरिएको छ। यसैगरी सामूहिक भेला गर्न पनि सरकारले रोक लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।