काठमाडाैं- पछिल्लो २४ घण्टामा थप १३० जना काेराेना संक्रमित निकाे भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले निकाे भएकाहरु डिस्चार्ज भएकाे बताए।
नेपालमा हालसम्म १५ हजार १ सय ५६ जना उपचारपछि निको भएका छन्। बुधबार थप ३ सय ८१ जनामा काेराेना संक्रमण देखिएसँगै कूल संक्रमितकाे संख्या २१ हजार ३ सय ९० पुगेको छ। नेपालमा हालसम्म ६० जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।